Numbers 11:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[8-9] राती यो शीतसित छाउनीमा खस्थ्यो। भोलिपल्ट बिहान मानिसहरू गएर ती बटुल्थे, त्यसलाई पिँधेर वा कुटेर पीठो बनाउँथे र पानीमा पकाएर वा रोटी बनाएर खान्थे। त्यसको स्वाद जैतुनको तेलमा पकाएको रोटीजस्तो हुन्थ्यो।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसहरू गएर त्यो जम्मा गर्थे, जाँतोमा पिँध्थे वा ओखलीमा कुट्थे, र भाँड़ामा पकाएर फुरौला बनाउँथे। त्यसको स्वाद भद्राक्षको तेलले पकाएको कुरोजस्तो थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसहरू त्यसलाई बटुल्न बाहिर जान्थे; र त्यसलाई जाँतोमा पिँध्थे अर्थात् ओखलीमा कुट्थे। तिनीहरूले त्यसलाई भाँडामा पकाउँथे, अथवा रोटी बनाउँथे। अनि त्यसको स्वाद जैतुनको तेलमा पकाएको खानेकुराको जस्तो हुन्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले मन्न बटुलेर ढुङ्गाले पिध्थे र भाँडामा पकाउँथे अथवा यसलाई धूलो पारेर फुरौलो बनाउँथे। यसको स्वाद भद्राक्षको तेलमा पकाएको फुलौरोको जस्तो थियो।