Numbers 12:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण म त्‍योसित आम‍ने-साम‍ने भई सफासित खुल्‍लम-खुल्‍ला कुरा गर्दछु। त्‍यसले मेरो रूप पनि देखेको छ। तिमीहरू कसरी मेरो सेवक मोशाको विरुद्धमा बोल्‍न आँट गर्दछौ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यससँग म गुप्‍त रीतिले होइन, तर आमनेसामने प्रष्‍टसँग कुरा गर्छु, र मेरो स्‍वरूप त्‍यसले हेर्छ। यसैकारण मेरो दास मोशाको विरुद्धमा बोल्‍न तिमीहरूलाई किन डर लागेन?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यससँग म आमने-सामने कुरा गर्छु, उखान-टुक्‍कामा होइन। तर स्पष्‍ट गरी बोल्दछु। त्यसले याहवेहको आकृतिलाई देख्दछ। त्यसो भए किन तिमीहरू मेरो सेवक मोशाको विरुद्धमा बोल्न डराएनौ?”
Nepali ERV (पवित्र बाइबल)
जब म उनीसित बात गर्छु, म आम्ने-साम्ने बात गर्न सक्छु। जे सुकै म सोच्छु उसले जान्नु पर्छ। मैले उसलाई अड्को प्रयोग नगरी भन्न सक्छु। अनि मोशाले परमप्रभुको रूप देख्न सक्छन्। यसकारण तिमीहरू किन मेरो दासको विरूद्धमा बोल्न डराएनौ?”