Numbers 13:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
माटो मलिलो छ कि छैन, बन-जङ्गल छ कि छैन, यी सबै बुझेर आओ। त्‍यहाँ फलेका केही फलहरू लिएर आउन नभुल।” (त्‍यो अङ्‌गुर पाक्‍ने समय थियो।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जमिन कस्‍तो छ, मलिलो कि रूखो, त्‍यहाँ जङ्गल छ कि छैन सो हेर। साहस गर, र त्‍यहाँको केही फलफूल ल्‍याओ।” त्‍यस बेला प्रथम दाख पाक्‍ने ऋतु थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो देशको माटो कस्तो छ? त्यहाँको माटो मलिलो छ कि रुखो छ? त्यहाँ रूखपातहरू छन् कि छैनन्? तिमीहरूले त्यस देशका केही फलफूलहरू ल्याउनलाई सक्दो कोसिस गर।” (त्यो समयचाहिँ अङ्‌गुरको पहिलो फसलको समय थियो।)
Nepali ERV (पवित्र बाइबल)
हेर जमीन मलिलो छ वा रूखा छ, अनि हेर यदि त्यहाँ रूखहरू छन् कि छैनन्। त्यस भूमिबाट केही फलहरू ल्याउनु जातिसक्दो कोशिस गर।” त्यस समय दाखको प्रथम उलको कटनीको समय थियो।