Numbers 13:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू एश्‍कोलको बेसीमा पुगे र त्‍यहाँ अङ्‌गुरको एक झुप्‍पा भएको एउटा हाँगा काटे। ती अङ्‌गुर अत्‍यन्‍त गह्रौँ भएको हुनाले एउटा घोचा लाएर दुई जनाले त्‍यो हाँगा बोके। तिनीहरूले केही अनार र नेभाराका फल पनि ल्‍याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि तिनीहरू एश्‍कोलको बेँसीमा गए, र त्‍यहाँबाट दाखका हाँगाको एक झुप्‍पा काटेर एउटा घोचोमा हाली दुई जनाले बोकेर ल्‍याए। तिनीहरूले अनार र नेभारा पनि ल्‍याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनीहरू एश्कोलको बेँसीमा आइपुगे। अनि तिनीहरूले अङ्‌गुरको एउटा मात्र झुप्पा भएको एउटा हाँगा काटे। तिनीहरूमध्ये दुई जनाले त्यसलाई एउटा घोचामा झुन्ड्याएर बोके। साथै, तिनीहरूले केही अनार र नेभाराका फलहरू पनि ल्याए।
Nepali ERV (पवित्र बाइबल)
त्यस पछि तिनीहरू एश्कोल बेंसीमा आए। तिनीहरूले त्यहाँ एक झुप्पा दाख काटी एउटा घोचोमा दुइजनाले बोकेर ल्याए। तिनीहरूले अनार र नेभारा पनि ल्याए।