Numbers 13:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले मोशालाई भने, “हामीले त्यो देश घुमेर खोजी गर्यौं, देश धनी र मलिलो छ, त्यसका केही फलहरू यहाँ छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले मोशालाई यसो भने, “तपाईंले पठाउनुभएको ठाउँमा हामी पुग्यौं। साँच्ची नै त्यहाँ दूध र मह बग्दारहेछन्, अनि त्यसको फलफूल यही हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले मोशालाई यसरी वर्णन गरे: “तपाईंले हामीलाई पठाउनुभएको देशमा हामी गयौँ। साँच्चै त्यो देशमा दूध र मह बग्दो रहेछ! त्यहाँको फल यही हो।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले मोशालाई भने, “हामीलाई तपाईंले पठाउनु भएको भूमिमा गयौं। साँच्चै नै यो भूमि दूध र मह बगिरहेको भूमि रहेछ। अनि त्यस भूमिबाट हामीले ल्याएको फलहरू यी नै हुन्।