Numbers 13:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी तिनीहरूले आफूले खोजी गरी आएका देशको बारेमा इस्राएलीहरूका माझमा झूटा वर्णन दिए। तिनीहरूले भने, “त्‍यस देशमा त्‍यहाँ बस्‍ने मानिसहरूलाई खान पुग्‍ने गरी अन्‍न-पानी उब्‍जँदैन। हामीले त्‍यहाँ देखेका मानिसहरू सबै अग्‍ला-अग्‍ला थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भेद लिन गएको देशबाट नराम्रो खबर सुनाएर तिनीहरूले इस्राएलीहरूलाई भने, “हामीले भेद लिएर आएको देशले त आफ्‍नै बासिन्‍दाहरूलाई निलिहाल्‍दोरहेछ, र हामीले त्‍यहाँ देखेका मानिसहरू दैत्‍यजस्‍ता रहेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले जासुसी गरी आएको देशको बारेमा इस्राएलीहरूका बीचमा नकारात्मक कुराहरू फैलाए। तिनीहरूले भने, “हामीले जासुसी गरेर आएको देशले आफ्नै बासिन्दाहरूलाई निल्दोरहेछ। हामीले त्यहाँ देखेका सबै मानिसहरू ठूला-ठूला कदका छन्।
Nepali ERV (पवित्र बाइबल)
यसकारण तिनीहरूले त्यस भूमिको विषयमा खोजी गरेर नैराश्यपूर्ण वृतान्त इस्राएली मानिसहरूको निम्ति ल्याएका थिए। तिनीहरूले भने, “त्यस भूमिमा धेरै बलिया बलिया मानिसहरू रहेछन् र त्यस भूमिमा जाने कुनै पनि मानिसहरूलाई तिनीहरूले सजिलै जित्न सक्छन्।