Numbers 14:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किन परमप्रभुले हामीलाई त्यस देशमा लैजाँदै हुनुहुन्छ? लडाइँमा हामी मारिनेछौं, हाम्रा जहान, बालबच्चा कैदमा पर्नेछन्। के मिश्रमा फेरि जानु असल हुँदैन र?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किन परमेश्वरले हामीलाई तरवारले मर्नलाई यस ठाउँमा ल्याउनुहुँदैछ? हाम्रा जहान र बालबच्चा लूट स्वरूप पक्रिनेछन्। अब मिश्रदेशमा नै फर्कन हामीलाई उचित होइन र?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले हामीलाई किन यस देशमा तरवारद्वारा मारिनका निम्ति ल्याउँदै हुनुहुन्छ? हाम्रा पत्नीहरू र बालबच्चाहरू लुटको मालजस्तै लगिनेछन्। के हामीलाई इजिप्टमै फर्किजानु असल हुँदैन र?
Nepali ERV (पवित्र बाइबल)
किन परमप्रभुले हामीलाई लडाईमा तरवारले काटी मार्न त्यस भूमिमा लैजानु हुँदैछ? हाम्रा जहान बालबच्चाहरू पनि लूटिने समान झैं लूटमा पक्रा पर्नेछन्। हामीलाई मिश्र देशमा फर्किनु नै असल हुन्छ।”