Numbers 14:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले हाम्रा छोरा-छोरीहरू कैदमा पर्नेछन् भनी भन्यौ तर म तिनीहरूलाई तिमीहरूले इन्कार गरेको यस देशमा ल्याउनेछु र त्यो तिनीहरूको बासस्थान हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लूट स्वरूप पक्रिनेछन् भनी तिमीहरूले भनेका तिमीहरूका छोराछोरीहरूलाई चाहिँ म त्यहाँ पुर्याउनेछु, र तिमीहरूले अवहेलना गरेको ठाउँ तिनीहरूले प्राप्त गर्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका सन्तानहरू, जसको विषयमा तिमीहरूले लुटको मालजस्तै लगिनेछन् भनेका थियौ, म तिनीहरूलाई तिमीहरूले इन्कार गरेका देशमा आनन्द मनाउन ल्याउनेछु।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले नालिश गर्यौ कि त्यो नयाँ भूमिमा तिमीहरूका शत्रुहरूले तिमीहरूका नानीहरू खोसेर लैजानेछन्। तर म तिमीहरूलाई भन्छु कि म ती नानीहरू ल्याउनेछु र तिनीहरूले त्यसभूमिमा ती चीजहरू आनन्दले उपभोग गर्नेछन जुन तिमीहरूले अस्वीकार गर्यौ।