Numbers 14:34 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस देशको भेद बुझ्न चालीस दिन लागेको थियो र हरेक दिनको लागि एक वर्षको हिसाबले चालीस वर्षसम्म तिमीहरूले आफ्ना पापको फल भोग्नुपर्नेछ। मेरो आफ्ना विरुद्धमा खडा भएको खण्डमा के हुन्छ, त्यो तिमीहरूले बुझ्नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले त्यस देशको भेद लिन चालीस दिन बिताएका थियौ, यसकारण दिनको एक वर्ष गरी चालीस वर्षसम्म तिमीहरूले आफ्नो अधर्मको फल भोग्दै रहनेछौ, र तिमीहरूप्रति म नाराज भएको तिमीहरूले थाहा पाउनेछौ’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले त्यस देशको जाजुसी गर्न चालीस दिन बिताएका थियौ, ‘यसकारण एक दिन बराबर एक वर्ष गरी चालीस वर्षसम्म तिमीहरूले आफ्ना अधर्महरूको फल भोग्नुपर्नेछ। अनि मेरो विरुद्ध खडा हुँदा कस्तो परिणाम भोग्नुपर्नेछ भनी थाहा पाउनेछौ।’
Nepali ERV (पवित्र बाइबल)
त्यो भूमिको खोजीमा मानिसहरूले चालीस दिन लगाएको हुनाले दिनको एक वर्षको हिसाबले तिमीहरूले चालीस वर्ष सम्म कष्ट भोग्ने छौ। तिमीहरूले चाल पाउनेछौ कि म तिमीहरूको विरोधी हुँदा के हुँदो रहेछ।