Numbers 14:40 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोलिपल्‍ट बिहान सबेरै पहाडपट्टि हमला गर्न तिनीहरू यसो भन्‍दै बढे, “अब परमप्रभुले हामीलाई भन्‍नुभएको ठाउँमा जानलाई हामी तयार छौं। हामीले पाप गरेका छौं भनी हामी मानिलिन्‍छौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू बिहान सबेरै उठेर यसो भन्‍दै पहाड़ी क्षेत्रतिर उक्‍लन लागे, “हेर, हामीहरू यहाँबाट अब परमप्रभुले प्रतिज्ञा गर्नुभएको ठाउँमा उक्‍लिजाऔं, किनकि हामीले त पाप गरेछौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भोलिपल्ट एकाबिहानै तिनीहरू अग्लो डाँडा भएको ठाउँमा उक्ले, र तिनीहरूले भने, “हामीले पाप गरेका छौँ, तर हामी याहवेहले प्रतिज्ञा गर्नुभएको कनान देशमा जान तयार छौँ!”
Nepali ERV (पवित्र बाइबल)
बिहानै उठेर मानिसहरू पाहाडी इलाका तिर उक्लनु थाले। मानिसहरूले भने, “हामीले पाप गरेका छौ। परमप्रभुलाई हामीले अविश्वास गर्यौं, यसर्थ हामी पश्चताप गर्छौं र हामी परमप्रभुले दिन्छु भनी प्रतिज्ञा गर्नु भएको भूमिमा जानेछौं।”