Numbers 14:43 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अमालेकी र कनानीहरूको सामना गर्दा तिमीहरू लडाइँमा मर्नेछौ। परमप्रभु तिमीहरूसित रहनुहुनेछैन किनभने तिमीहरूले उहाँलाई पछ्याउन चाहेनौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यहाँ अमालेकीहरू र कनानीहरूले तिमीहरूलाई सामना गर्नेछन्, र उनीहरूद्वारा तिमीहरू परास्त हुनेछौ। तिमीहरू परमप्रभुको पछि लाग्न छोड़्यौ। यसकारण परमप्रभु तिमीहरूका साथमा हुनुहुनेछैन, तर तिमीहरू तरवारद्वारा मर्नेछौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ अमालेकीहरू र कनानीहरूले तिमीहरूको सामना गर्नेछन्। किनकि तिमीहरू याहवेहबाट तर्किगएका छौ। उहाँ तिमीहरूसँग हुनुहुनेछैन। अनि तिमीहरू तरवारद्वारा ढालिनेछौ।”
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ अमालेकी र कनानी मानिसहरू तिमीहरूको विरोधमा लडनेछन्, तर तिमीहरूले परमप्रभुलाई छोडी दिएकोले उहाँ तिमीहरूले लडेको लडाँईमा साथ दिनुहुने छैन र तिमीहरू सबै मर्नेछौ।”