Numbers 15:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र समाजमा अज्ञानताले यदि त्‍यो भुल भएको हो भने तिनीहरूले उचित अन्‍नबलि र मद्यबलिसित एउटा साँढे होमबलि चढाऊन्। तिनका बास्‍नाले परमप्रभुलाई खुसी पार्नेछ। त्‍यसमाथि तिनीहरूले एउटा बाख्राको पापबलि चढाऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र समुदायले थाहा नपाई त्‍यो काम अजानमा गरेको रहेछ भने, सारा समुदायले परमप्रभुलाई मन पर्ने मीठो बास्‍ना स्‍वरूप होमबलिको निम्‍ति एउटा बाछो, त्‍यसको अन्‍नबलि र अर्घ-बलिको साथमा विधिअनुसार चढ़ाओस्, र साथै पापबलिको निम्‍ति एउटा बोका पनि चढ़ाओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र यदि तिमीहरूले यी समुदायले थाहा नपाई अनजानमा गर्‍यौ भने सारा समुदायले याहवेहका निम्ति मनपर्दो मिठो बास्‍नाको रूपमा होमबलिको निम्ति एउटा बहर, साथै तोकिएको अन्‍नबलि र अर्घबलि अनि पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका पनि चढाउनू।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ यदि तिमीहरूले यी आज्ञाहरू मध्ये कुनै एउटा पालन गर्न भूल्यौ अथवा बिर्स्यौ भने के गर्छौ? यदि यी आज्ञाहरू मध्ये कुनै एउटा आज्ञा इस्राएलका सारा निवासीहरूले पालन गर्नु भूले अथवा बिर्से तब इस्राएलका सारा मानिसहरूले परमप्रभुलाई एउटा जवान साँढे होमबलि चढाउनु पर्छ। अन्नबलि र अर्घबलि पनि चढाउनु बिर्सनु हुँदैन। यो बलिको सुगन्धले परमप्रभुलाई सन्तुष्ट तुल्याउँछ। तिमीहरूले पापबलिको निम्ति एउटा पाठो पनि चढाउनु पर्छ।