Numbers 15:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एउटा साँढे, एउटा साँढ-भेडा र एउटा भेडा वा बाख्रा परमप्रभुलाई होमबलि वा भाकल-बलि वा राजीखुसीको बलि वा नियमअनुसार धार्मिक चाडहरूमा चढाउने बलिका रूपमा चढाउनू। यी सबै बलिका बासनाले परमप्रभुलाई खुसी पार्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र परमप्रभुलाई गाईबस्तु कि भेड़ाबाख्राबाट तिमीहरूले आगोद्वारा होमबलि वा बाख्रा बलिदान, भाकलको बलि वा राजीखुशीको बलि, अथवा तोकिएको चाड़को बलि परमप्रभुलाई मन पर्ने मीठो बास्ना स्वरूप चढ़ाउँछौ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहलाई मनपर्दो मिठो बास्नाका निम्ति भनेर आफ्नो गाईबस्तुका बथान अथवा भेडाबाख्राका बगालबाट एउटा पशु लिएर त्यसलाई याहवेहका निम्ति तिमीहरूले अग्निबलि चढाउनू—चाहे त्यो होमबलि, विशेष भाकलको बलि, स्वेच्छिक भेटीहरू अथवा चाडमा चढाइने बलिदानहरू हुन्।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले परमप्रभुलाई आगोद्वारा विशेष बलिदान चढाउनु पर्छ। त्यो विशेष बलिदानको सुगन्धले परमप्रभुलाई आनन्द दिनेछ। तिमीहरूले होमबलि अथवा कुनै पनि बाख्रा, भाकल बलिदानको बलि, विशेष बलि, मेलबलि राजीखुशीको बलि अथवा कुनै चाडको निम्ति विशेष बलिमा गाई-वस्तु र भेडा अथवा बाख्राहरू चढाउनेछौ।