Numbers 15:39 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती झुम्काले तिमीहरूलाई सम्झना दिइरहनेछ र ती झुम्कालाई देख्नेबित्तिकै तिमीहरूले मेरा सबै आज्ञाहरू याद गर्नेछौ र तिनको पालन गर्नेछौ। तब तिमीहरू मदेखि तर्की जाने छैनौ र आफ्नै मनका इच्छा र चाहनाको पछि लाग्नेछैनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस झुम्कालाई हेर्दा तिमीहरूलाई परमप्रभुका आज्ञाहरूको सम्झना होस् कि तिमीहरूले ती आज्ञाहरू पालन गर, र आफ्ना मन र आँखाका लालसामा लागेर पथभ्रष्ट नहोओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी झुम्काहरू तिमीहरूले हेर्नलाई होस्, जसद्वारा तिमीहरूले याहवेहका सबै आज्ञाहरू सम्झनेछौ। अनि तिमीहरूका हृदय र आँखाका अभिलाषालाई पछ्याएर पथभ्रष्ट नभई उहाँको आज्ञाहरू पालन गर्नेछौ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण जब तिमीहरूले फुर्का देख्छौ, तिमीहरूले परमप्रभुको आज्ञा सम्झने छौ र तिनीहरूलाई पच्छ्याउनेछौ अनि तिमीहरू भूल बाटोमा जाने छैनौ, तिमीहरूको आँखा अनि हृदयको लालस पच्छ्यायो, जसले तिनीहरूलाई अविश्वासी बनाउँछ।