Numbers 16:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[1-2] लेवी गोत्रका कहात वंशका यिसहारको छोरो कोरहले मोशाको नेतृत्वको विरुद्धमा विद्रोह गर्ने आँट गर्यो। रूबेन कुलका तीन जना अर्थात् एलिआबका छोराहरू दातान, अबीराम र पेलेथको छोरो ओन पनि त्योपट्टि लागे। इस्राएली समाजले चुनेका र खुबै रुचाएका दुई सय पचास इस्राएलीहरूले पनि त्यसको साथ दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लेवीका पनाति, कहातका नाति, यिसहारका छोरा कोरह, र साथै रूबेनको कुलका एलीआबका छोराहरू दातान र अबीराम, अनि पेलेथका छोरा ओन अटेरी भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक दिन लेवीको छोरा कहात, कहातको छोरा यिसहार, यिसहारको छोरा कोरहले, रूबेनी कुलका एलिआबका छोराहरू दातान र अबीराम अनि पेलेतको छोरा ओनलाई आफ्नो पक्षमा लिए।
Nepali ERV (पवित्र बाइबल)
यिसहारको छोरो, कहातको नाति अनि लेवीको पनाति कोरह अनि रूबेन कुलका एलीआबका छोराहरू दातान र अबीराम अनि पेलेतका छोरा ओन अट्टेरी भए।