Numbers 16:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीले हामीलाई मिश्रको मलिलो भूमिबाट निकालेर यहाँ उजाड-स्‍थानमा मार्न ल्‍याएका छौ— के त्‍यतिले तिमीलाई पुगेन, के तिमीले हामीमाथि प्रभुत्‍व पनि जमाउनुपर्छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामीहरूलाई दूध र मह बग्‍ने देशबाट उजाड़-स्‍थानमा मर्न ल्‍याउनुभएको के तपाईंलाई पुगेन र? फेरि तपाईं हामीमाथि प्रभुत्‍व पनि गर्न खोज्‍नुहुन्‍छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के तपाईंले हामीलाई दूध र मह बग्ने देशबाट उजाडस्थानमा मार्नलाई ल्याउनुभएको छ; यत्तिले पनि तपाईंलाई पुगेन? अनि अहिले तपाईं हाम्रा मालिक पनि बन्‍न चाहनुहुन्छ?
Nepali ERV (पवित्र बाइबल)
हामीहरूलाई दूध र मह बगिरहेको देशबाट तिमीले बाहिर लिएर आयौ। तिमीले हामीलाई मार्नको निम्ति मरूभूमिमा ल्यायौ अनि हामीलाई देखाउन चाहान्छौ कि हामी माथि तिम्रो अधिकार छ।