Numbers 16:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
खै त तिमीले अझै पनि हामीलाई कुनै मलिलो भूमिमा ल्‍याएका छैनौ, हामीलाई खेत र दाखबारीहरू दिएका छैनौ र अब हामीलाई धोका दिन खोज्‍दै छौ। हामी आउदैनौं!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंले हामीलाई न त दूध र मह बग्‍ने देशमै ल्‍याउनुभयो, न हामीलाई खेत र दाखबारीहरूको अधिकार दिनुभयो। के तपाईं यी मानिसहरूका आँखा निकाल्‍न चाहनुहुन्‍छ? हामी पटक्‍कै आउँदैनौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि अझ तपाईंले हामीलाई दूध र मह बग्ने देशमा ल्याउनुभएको छैन, न त हामीलाई पैतृक सम्पत्तिको रूपमा खेतबारीहरू र दाखबारीहरू नै दिनुभएको छ। के तपाईंले यी मानिसहरूलाई दास बनाउन चाहनुहुन्छ? अहँ, हामी आउनेछैनौँ!”
Nepali ERV (पवित्र बाइबल)
हामीले तिमीलाई किन पछ्याउनु? तिमीले हामीलाई मह र दूध बगिरहेको भूमिमा लगेनौ साथै परमेश्वरले प्रतिज्ञा गरेको भूमिमा पनि पुराएनौ। तिमीले हामीलाई दाखको खेत पनि दिएनौ। के यी मानिसहरूलाई तिमी धोका दिन्छौ? होइन! हामी आँउदैनौं।”