Numbers 16:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले मानिसहरूलाई भने, “यी दुष्‍ट मानिसहरूका पालदेखि टाढा गएर उभ र तिनीहरूको केही कुरा नछोओ। होइन भने तिनीहरूका पापले गर्दा तिमीहरू पनि तिनीहरूसितै सखाप हुनेछौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
समुदायलाई तिनले सावधान गराए, “यी दुष्‍ट मानिसहरूका पालबाट दूर हट, र यिनीहरूका केही कुरा पनि नछोओ, नत्रता यिनीहरूका सब पापले गर्दा तिमीहरू पनि भस्‍म हुनेछौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले समुदायलाई चेतावनी दिए, “यी दुष्‍ट मानिसहरूका पालहरूबाट टाढा गइहाल! तिनीहरूका कुनै पनि कुरा नछुनू; नत्रता तिनीहरूका पापको कारण तिमीहरू पनि सखाप पारिनेछौ।”
Nepali ERV (पवित्र बाइबल)
मोशाले सबै मानिसहरूलाई चेतावनी दिंदै भने, “यी दुष्ट मानिसहरूको पालबाट तिमीहरू निस्केर जाऊ। तिनीहरूको कुनै पनि चीज स्पर्श नगर। यदि तिमीहरूले छोयौ भने तिनीहरूले गरेको पापले तिमीहरू ध्वंश पारिनेछौ।”