Numbers 16:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण तिनीहरू कोरह, दातान र अबीरामका पालदेखि हटिगए। दातान र अबीराम आ-आफ्‍ना स्‍वास्‍नी र छोरा-छोरीहरूसित आफ्‍ना पालका ढोका-बाहिर निस्‍केर उभिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले कोरह, दातान र अबीरामका पालका छेउछाउबाट तिनीहरू निस्‍के। दातान र अबीराम उनीहरूका जहान र बालबच्‍चाका साथमा आ-आफ्‍नो पालका ढोकामा उभिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिनीहरू कोरह, दातान र अबीरामका पालहरूबाट टाढा हटिगए। कोरह, दातान र अबीरामचाहिँ बाहिर आएर आफ्ना पालका प्रवेशद्वारमा आफ्ना पत्नीहरू र छोराछोरीहरू र नातिनातिनाहरूसँग उभिरहेका थिए।
Nepali ERV (पवित्र बाइबल)
यसकारण मानिसहरू कोरह, दातान र अविरामको पाल छोडेर गए। तब दतान र अबीराम तिनीहरूको पालमा गए। तिनीहरू तिनीहरूको पत्नीहरू र नानीहरू संग छाउनी बाहिर गए।