Numbers 16:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाले मानिसहरूलाई भने, “परमप्रभुले नै मलाई यी कामहरूको जिम्‍मा दिनुभएको हो र मैले आफ्‍नै इच्‍छाले यी काम गरेको होइनँ भनी तिमीहरूले अब थाहा पाउनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मोशाले भने, “यसबाट तिमीहरूले थाहा पाउनेछौ, कि यी सबै काम गर्नलाई परमप्रभुले मलाई पठाउनुभएको हो, र मैले यी आफ्‍नै राजीखुशीले गरेको होइनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मोशाले भने, “याहवेहले यी सबै कुराहरू गर्नु भनी पठाउनुभएको हो; र यो मेरो आफ्नै इच्छाअनुसार गरेको होइन भनी तिमीहरूले यसरी जान्‍नेछौ:
Nepali ERV (पवित्र बाइबल)
मोशाले भने, “यी मैले भनेका कुराहरू मेरो आफ्नो मनको विचार होइन, म प्रमाण दिन सक्छु कि परमप्रभुले मलाई यसो भन्नु भनी अह्राउनु भएको हो।