Numbers 16:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर परमप्रभुले कहिल्‍यै नसुनिएको काम गर्नुभई धरती फाटेर सरसम्‍पत्तिसहित तिनीहरूलाई निल्‍यो र तिनीहरू मृत्‍युलोकमा जिउँदै खसे भने यी मानिसहरूले परमप्रभुलाई अस्‍वीकार गरेका रहेछन् भनी तिमीहरूले थाहा पाउनेछौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यदि परमप्रभुले अनौठो काम गर्नुहुन्‍छ र धरती फाटेर यिनीहरूका सबै थोकसमेत यिनीहरू जिउँदै चिहानमा पुरिन्‍छन्‌ भने, यी मानिसहरूले परमप्रभुलाई तुच्‍छ ठानेका नै रहेछन्‌ भनी तिमीहरूले थाहा पाउनेछौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि याहवेहले पूर्णतया अनौठो कुरा ल्याउनुभयो, र धर्ती फाटेर त्यसले तिनीहरूलाई र तिनीहरूसँग भएका सबैलाई निलिहाल्यो भने, र तिनीहरू जिउँदै पातालभित्रै गए भने यी मानिसहरूले याहवेहलाई तिरस्कार गरेका रहेछन् भनी तिमीहरूले जान्‍नेछौ।”
Nepali ERV (पवित्र बाइबल)
तर यदि परमप्रभुले केही नयाँ कुरो गर्नुहुन्छ, अनि भूँईले मुख बाएर तिनीहरू र तिनीहरूकहाँ भएको सबै चीजहरू सहित तिनीहरू जीवित पुरिन्छन् भने तिमीहरूले जान्नेछौ कि यी मानिसहरूले परमप्रभुको अपमान गरे र उहाँलाई अति क्रोधित बनाए।”