Numbers 16:32 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र ती दुई, तिनका परिवारहरू र कोरहका पछि लाग्नेहरू सबैलाई सर-सम्पत्तिसहित निलिहाल्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि धरतीले आफ्नो मुख बाएर उनीहरू र उनीहरूका घरानाहरू— कोरहतर्फका सबै मानिसहरू— उनीहरूका मालतालसमेतलाई निलिहाल्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि धर्तीले आफ्नो मुख खोल्यो, र तिनीहरूलाई, तिनीहरूका घरानाहरू र कोरहलाई साथ दिने सबैलाई अनि तिनीहरूका सबै धनसम्पत्ति समेत निलिहाल्यो।
Nepali ERV (पवित्र बाइबल)
धर्तीले मुख बाए जस्तै भएर तिनीहरू सबैलाई निल्यो। कोरहको सबै मानिसहरू, तिनीहरूको परिवारहरू अनि तिनीहरूकोमा भएको प्रत्येक चीज धर्तीभित्र भासियो।