Numbers 16:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी तिनीहरू सर-सम्‍पत्तिसहित जिउँदै मृत्‍युलोकमा खसे। जमिन तिनीहरूमाथि बन्‍द भयो र तिनीहरू लोप भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍ना सबै कुरासमेत उनीहरू जिउँदै चिहानमा पुरिए। धरती उनीहरूमाथि बन्‍द भयो, र समुदायको बीचबाट उनीहरू नष्‍ट भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू आफूले हासिल गरेका सबै थोकसँगै जीवितै पातालभित्र खसे। तिनीहरूमाथि पृथ्वी बन्द भइहाल्यो। तिनीहरू नष्‍ट भए; अनि आफ्ना समुदायबाट लोप भए।
Nepali ERV (पवित्र बाइबल)
सबै ती मानिसहरू जिउँदै खाल्डा भित्र पुरिए। यी सबै तिनीहरूले आफ्नो बनाएका चीजहरू तिनीहरूसंगै पुरिए अनि धर्ती बन्द भयो। अनि तिनीहरू सम्पूर्ण रूपले अल्पिए।