Numbers 16:37 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हारून पूजाहारीको छोरो एलाजारलाई बलिरहेको आगोबाट काँसाका धुपौराहरू निकाल्न र फिलिङ्गा निकै टाढा लगेर छरिदिनलाई अह्रा किनभने ती धुपौराहरू पवित्र छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हारून पूजाहारीको छोरा एलाजारलाई जलिरहेको ज्वालाबाट धुपौराहरू निकाल्न र फिलिङ्गा निकै टाढ़ा लगेर छरिदिनलाई अह्रा। किनभने ती धुपौराहरू पवित्र छन्—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“पुजारी हारूनको छोरो एलाजारलाई जलिरहेको अवशेषबाट धुपौराहरूलाई निकालेर त्यसमा भएको खरानीलाई केही पर लगेर छर्कनू भन्। किनकि ती धुपौराहरू पवित्र छन्।
Nepali ERV (पवित्र बाइबल)
“पूजाहारी हारूनको छोरो एलाजारलाई भन कि उसले आगोमा रहेको धुपौराहरू हटाओस् र ती पवित्र भईसकेको धुपौराहरूबाट आगो वरिपरि छरी दिओस्।