Numbers 16:42 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशा र हारूनको विरोध गर्न तिनीहरू सबै भेला भएपछि तिनीहरू पवित्र पालतर्फ फर्के। तिनीहरूले त्‍यसलाई बादलले छोपेको र त्‍यहाँ परमप्रभुको उपस्‍थितिको तिरीमिरी पार्ने ज्‍योति चम्‍केको देखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर जब समुदायले मोशा र हारूनका विरुद्धमा भेला भई भेट हुने पालतिर हेरे, तब अचानक बादलले त्‍यसलाई ढाक्‍यो, र परमप्रभुको महिमा देखा पर्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जब समुदाय मोशा र हारूनको विरुद्धमा भेला भए; अनि भेट हुने पालतिर फर्के, तब अचानक त्यसलाई बादलले ढाक्यो। अनि याहवेहको महिमा देखा पर्‍यो।
Nepali ERV (पवित्र बाइबल)
सम्पूर्ण समुदाय मोशा र हारूनको विरोध गर्न भेला हुँदै गर्दा तिनीहरूले भेट हुने पाल तर्फ हेरे अनि देखे कि पाललाई बादलले ढाक्यो र त्यहाँ परमप्रभुको महिमा देखा पर्यो।