Numbers 16:46 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र मोशाले हारूनलाई भने, “तिम्रो आगोको धुपौरोमा बल्दो आगो वेदीबाट लिएर त्यसमाथि केही धूप हाल। तब त्यसलाई लिएर मानिसहरूकहाँ छिटो-छिटो जाऊ र तिनीहरूका निम्ति शुद्धीकरणको विधि पूरा गर। चाँडो गर! परमप्रभुको रिस खनिएको छ र विपत्ति सुरु भइसकेको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि मोशाले हारूनलाई भने, “तपाईंको धुपौरो लिनुहोस्, र त्यसमा वेदीबाट आगो राखेर धूप हाल्नुहोस्, र तुरुन्तै त्यस समुदायकहाँ लगेर तिनीहरूका निम्ति प्रायश्चित गर्नुहोस्, किनकि परमप्रभुको क्रोध दन्किसकेको छ— विपत्ति सुरु भएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि मोशाले हारूनलाई भने, “आफ्नो धुपौरो लिएर त्यसमा धूप बाल्नुहोस्। साथै वेदीबाट बलिरहेको कोइला लिएर समुदायका निम्ति प्रायश्चित गर्नलाई झट्टै तिनीहरूकहाँ जानुहोस्। याहवेहको क्रोध खनिएको छ; विपत्ति सुरु भइसकेको छ।”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि मोशाले हारूनलाई भने, “धूपौरो ल्याऊ र त्यसकहाँ वेदीबाट आगो हालेर धूप हाल। अनि त्यो समुदाय भएकोमा झट्टै गएर तिनीहरूलाई प्रायश्चित गर्नुहोस्। किनभने परमप्रभु क्रोधित हुनु भएको छ र महामारी शुरू भएको छ।”