Numbers 16:47 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हारूनले त्‍यो कुरा माने, आफ्‍नो आगोको धुपौरो लिएर हारून मानिसहरूका बीचमा दगुरेर गए। विपत्ति सुरु भइसकेको देखेर तिनले धूप आगोमा हाले र मानिसहरूको निम्‍ति शुद्धीकरणको विधि पूरा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मोशाले भनेझैँ हारून धुपौरो लिएर समुदायको माझमा दौड़ेर गए। विपत्ति मानिसहरूका बीचमा आइसकेको थियो, तर तिनले धूप हालेर मानिसहरूका निम्‍ति प्रायश्‍चित गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मोशाले भनेअनुसार हारूनले गरे। अनि दगुरेर समुदायको बीचमा गए। मानिसहरूका बीचमा अगि नै विपत्ति सुरु भइसकेको थियो। तर हारूनले धूप चढाएर तिनीहरूका निम्ति प्रायश्‍चित गरे।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ मोशाले भने जस्तै हारूनले धूपौरो लिएर मानिसहरूको बीचमा पसे र चाल पाए कि महामारी शुरू भई सकेको थियो अनि धूपौरोमा धूप हाली मानिसहरूको निम्ति प्राश्चित गरे।