Numbers 16:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि कोरह र त्यसका पछि लाग्नेहरूलाई भने, “भोलि बिहान परमप्रभुले कोचाहिँ उहाँको आफ्नो जन हो, देखाउनुहुनेछ। जो उहाँको आफ्नो जन हो वा जसलाई उहाँले चुन्नुभएको हो, त्यसलाई नै उहाँले वेदीमा आफ्नो छेउ आउन दिनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनले कोरह र उनका सब दललाई यसो भने, “भोलि बिहान को उहाँको हो, को पवित्र छ, र कसलाई उहाँले आफ्नो नजिक आउन दिनुहुन्छ सो परमप्रभुले नै देखाइदिनुहुन्छ। जसलाई उहाँले चुन्नुहुन्छ, त्यसलाई आफ्नो नजिक आउन दिनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि मोशाले कोरह र उसका सबै दललाई यसो भने: “भोलि बिहान याहवेहले, जो उहाँको हो, र जो पवित्र छ, उहाँले त्यसलाई आफ्नो नजिक आउन दिनुहुन्छ। उहाँले छान्नुभएको मानिसलाई उहाँले आफ्नो नजिक आउन दिनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि मोशाले कोरह र उनका मानिसहरूलाई भने, “भोली बिहान, परमप्रभुले जनाउनु हुनेछ कसलाई हाम्रो अगुवा झैं चुन्नु भएको छ, को पवित्र छ कसलाई उहाँकहाँ नजिक ल्याउनु भएको छ। उहाँ आफैले चुन्नु भएका एकजनालाई उहाँले उहाँको नजिक ल्याउनु हुनेछ।