Numbers 17:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाले इस्राएलीहरूलाई यो कुरा सुनाए। तिनीहरूको हरेक अगुवाले कुलैपिच्छे एउटा-एउटा गरी जम्मा बाह्रवटा लौराहरू तिनलाई दिए। हारूनको लौरो पनि तिनीहरूसितै थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मोशाले इस्राएलीहरूलाई यो कुरा सुनाए, र तिनीहरूका नायकहरूले आ-आफ्ना पुर्खाको कुलअनुसार हरेक कुलनायकको निम्ति एक-एक वटा गरी बाह्र वटा लौराहरू तिनलाई दिए। हारूनको लहुरो पनि तिनीहरूका लौराहरूका बीचमा थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मोशाले इस्राएलीहरूसँग कुरा गरे। अनि तिनीहरूका अगुवाहरूले तिनीहरूका प्रत्येक पुर्ख्यौली कुलबाट एक-एक गरी बाह्र वटा लहुराहरू तिनलाई दिए। तीमध्ये हारूनको पनि एउटा लहुरो थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि मोशाले इस्राएलका मानिसहरूलाई भने अनि तिनीहरूका बाह्र कुल नायकहरू प्रत्येकलाई एउटा-एउटा गरी बाह्रवटा लौरोहरू दिए। हारूनको लौरो पनि अरू लौरोहरूसितै थियो।