Numbers 18:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले हारूनलाई भन्नुभयो, “म बास गर्ने पवित्र पालको सेवाकार्यमा भएका दोषको फल तैँले, तेरा छोराहरूले र लेवीहरूले भोग्नुपर्नेछ। तर पूजाहारी कर्मको फलचाहिँ तँ र तेरा छोराहरूले मात्र भोग्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभुले हारूनलाई भन्नुभयो, “तँ, तेरा छोराहरू र तेरा बुबाका परिवारले पवित्रस्थानको विरुद्धमा गरिएका अपराधहरूको दायित्व बोक्नेछौ, र तँ र तेरा छोराहरू मात्र पूजाहारीपदसम्बन्धी अपराधहरूको उत्तरदायी हुनेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले हारूनलाई भन्नुभयो, “तँ, तेरा छोराहरू र तेरा परिवारले पवित्रस्थान सम्बन्धित गरिएका अपराधहरूको जिम्मेवारी उठाउनुपर्छ। अनि पुजारीगिरी सम्बन्धित गरिएका अपराधहरूको जिम्मेवारी तँ र तेरा छोराहरूले मात्र उठाउनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले हारूनलाई भन्नुभयो, “अब उसो तिमी, तिम्रा छोराहरू अनि तिम्रा परिवारिक समूहका मानिसहरू पवित्र स्थानमा केही खराबी गरिए जिम्मावारी हुनेछौ। तिमी र तिम्रा छोराहरू पूजाहारीहरू विरूद्ध गरिएको खराबीको निम्ति जिम्मावारी हुनेछौ।