Numbers 18:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तँ र तेरा छोराहरूको पवित्र पालमा सेवा गरेको बेलामा तिमीहरूलाई मद्दत गर्न र तिमीहरूसँग काम गर्नको निम्ति आफ्ना नातेदार, लेवी कुललाई लिएर आइज।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तँ र तेरा छोराहरू गवाही-पाटीका पालको सामु सेवा गर्छौ, तब तेरा पुर्खाका लेवी कुलका तेरा दाजुभाइहरूलाई पनि तँसितै लिएर आइज, र तिनीहरू तँसित मिलेर तँलाई सघाऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तँ र तेरा छोराहरूले साक्षी पाटीको पालमा सेवा गर्दा तिमीहरूसँग मिलेर तिमीहरूलाई सघाउन भनी तेरा पुर्ख्यौली कुलबाट तेरा नातेदार लेवीहरूलाई लिएर आइज।
Nepali ERV (पवित्र बाइबल)
तिम्रो परिवार समूहका अन्य लेवी मानिसहरूलाई तिमीसित काम गराउन ल्याऊ। करारको पालमा काम गर्दा तिम्रा छोराहरूलाई तिनीहरूले सहयोग पुर्याउने छन्।