Numbers 18:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले हारूनलाई भन्नुभयो, “कुनै पनि सम्पत्ति तैँले अंश-बन्डा गरी पाउनेछैनस्। इस्राएलको जमिनको कुनै भाग तैँले पाउनेछैनस्। इस्राएलीहरूको बीचमा म नै तेरो हिस्सा र अंश हुँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले हारूनलाई भन्नुभयो, “तिनीहरूका देशको जग्गाजमिनमा तेरो अंश-अधिकार हुनेछैन। तिनीहरूसँगसँगै तेरो कुनै हिस्सा हुनेछैन। इस्राएलीहरूका माझमा तेरो हिस्सा र तेरो अंश म नै हुँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले हारूनलाई भन्नुभयो, “तिनीहरूको देशमा तेरो कुनै पैतृक सम्पत्ति हुनेछैन, न त तिनीहरूबीच तिमीहरूको कुनै भाग नै हुनेछ। इस्राएलीहरूबीच म नै तिमीहरूको भाग र तिमीहरूको पैतृक सम्पत्ति हुँ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले हारूनलाई पनि भन्नुभयो, “तिमीले भूमि पाउनेछैनौं। अनि अरू मानिसहरूले झैं तिमीले त्यहाँ केही आफ्नो बनाउनु पाउने छैनौ। म परमप्रभु नै तिम्रो हुनेछु। प्रतिज्ञा गरिएको अनुसार इस्राएली मानिसहरूले जग्गाजमीनहरू पाउनेछन् तर तिम्रो निम्ति म नै उपहार हुँ।