Numbers 18:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने मैले इस्राएलीहरूले मलाई विशेष भेटीका रूपमा चढाएका दशौँ हिस्सा तिनीहरूको अधिकारमा दिएको छु। त्यसैकारण मैले तिनीहरूको इस्राएलमा सधैँभरि रहने सम्पत्ति हुँदैन भनी भनेको हुँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि इस्राएलीहरूले बलिको निम्ति परमप्रभुलाई चढ़ाएका दशांश नै मैले लेवीहरूलाई अंश-अधिकार स्वरूप दिएको छु। यसैले ‘इस्राएलीहरूसँग यिनीहरूको कुनै अंश-अधिकार हुँदैन’ भनी मैले यिनीहरूका विषयमा भनेको छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसको सट्टामा इस्राएलीहरूले याहवेहकहाँ चढाएका दशांशहरू म लेवीहरूलाई तिनीहरूका पैतृक सम्पत्तिको रूपमा दिन्छु। यसकारण मैले तिनीहरूको विषयमा यसो भनेँ: ‘इस्राएलीहरूबीच तिनीहरूले कुनै पैतृक सम्पत्ति पाउनेछैनन्।’ ”
Nepali ERV (पवित्र बाइबल)
तर तिनीहरू संग भएको प्रत्येक चीजको दशांश इस्राएली मानिसहरूले मलाई चढाउनेछन् र त्यो दशांश म लेवी मानिसहरूलाई दिनेछु। त्यही कारणले लेवी मानिसहरूको विषयमा मैले यस्तो भनेः मैले इस्राएलका मानिसहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको भूमि तिनीहरूले पाउने छैनन्।”