Numbers 18:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी तिमीहरूले इस्राएलीहरूबाट पाएका दशौँ हिस्‍साबाट परमप्रभुले पाउनुपर्ने विशेष भेटी पनि उहाँलाई चढाउनेछौ। परमप्रभुको लागि यो विशेष भेटी तिमीहरूले हारूनलाई दिनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी इस्राएलीहरूबाट पाएका सबै दशांशबाट तिमीहरूले पनि परमप्रभुलाई बलि चढ़ाउने गर्नू, र त्‍यसबाट परमप्रभुलाई चढ़ाइएको बलि पूजाहारी हारूनलाई दिनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस प्रकारले तिमीहरूले इस्राएलीहरूबाट पाएका सबै दशांशबाट तिमीहरूले पनि याहवेहलाई भेटी चढाउनेछौ। यी दशांशहरूबाट तिमीहरूले याहवेहको भाग हारून पुजारीलाई दिनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
यस्तै प्रकारले इस्राएली मानिसहरूले तिमीहरूलाई दशांश दिए जस्तै तिमीहरूले पनि परमप्रभुलाई उपहार चढाउनु पर्छ अनि त्यसबाट तिमीहरूले पनि परमप्रभुलाई उपहार दिनु पर्छ अनि यो हारूनलाई दिनु पर्छ।