Numbers 18:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती उब्रेका कुरा तँ र तेरा परिवारले जहीँ पनि खान सक्‍छौ किनभने त्‍यो तिमीहरूले पवित्र पालमा गरेको सेवाको लागि दिइएको तिमीहरूको ज्‍याला हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिमीहरू र तिमीहरूका घरानाले कुनै पनि ठाउँमा यसलाई खान सक्‍छौ, किनकि भेट हुने पालमा तिमीहरूले गरेको कामको निम्‍ति यो तिमीहरूको ज्‍याला हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तँ र तेरा घरानाले भेटीबाट रहेका भाग जहाँ भए तापनि खान सक्छौ। किनकि त्यो तिमीहरूले भेट हुने पालमा गरेको कामको ज्याला हो।
Nepali ERV (पवित्र बाइबल)
त्यसबाट रहेको अंश तिमीहरू र तिमीहरूका परिवारले खानेछन्। यो तिमीहरूले भेट हुने पालमा काम गरे वापत मूल्य हो।