Numbers 18:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तीमध्‍ये सबैभन्दा असलचाहिँ परमप्रभुलाई दिइएका छौ भने बाँकी भाग खाँदा तिमीहरू दोषी ठहरिनेछैनौ। तर, सबैभन्दा असल भाग प्रभुलाई चढाउनुभन्दा अघि नै पवित्र भेटीहरूबाट खाएर तिनीहरूलाई बिटुलो नपार— होइन भने तिमीहरू मर्नेछौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले उत्तम भाग चढ़ाएका हुनाले तिमीहरूलाई दोष लाग्‍नेछैन, अनि इस्राएलीहरूका पवित्र बलिहरूलाई तिमीहरूले अशुद्ध पार्नेछैनौ, न त तिमीहरू मर्नेछौ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको सर्वोत्तम भाग चढायौ भने दशांश भेटीमा तिमीहरू दोषी हुनेछैनौ। अनि तिमीहरूले इस्राएलीहरूका पवित्र भेटीहरू अशुद्ध पार्नेछैनौ र तिमीहरू मर्नेछैनौ।’ ”
Nepali ERV (पवित्र बाइबल)
अनि यदि तिमीहरूले यसको असल सँधै परमप्रभुलाई चढायौ भने तिमीहरू कदापि दोषी हुने छैनौ। तिम्रो आफ्नै निम्ति इस्राएलका मानिसहरू द्वारा चढाएका ती पवित्र उपहारहरूको भाग नलैजाऊ नत्र भने तिमीहरू मर्ने छौ।”