Numbers 18:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
वेदीमा नजलाई छोडिएका सबैभन्दा पवित्र भेटीहरूमध्‍ये यी चीजहरू तिम्रा हुन्, अन्‍नबलि, पापबलि र दोषबलिहरू। मलाई पवित्र भेटी भनी चढाइएका वस्‍तुहरू तँ र तेरा छोराहरूका हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आगोबाट जोगाएर राखेको अति पवित्र बलिहरूको भाग तेरै होस्‌। हरेक अन्‍नबलि, पापबलि, र दोषबलि जो मानिसहरूले मलाई चढ़ाउँछन्, ती अति पवित्र बलिहरूबाट त्‍यही भाग तँ र तेरा छोराहरूका निम्‍ति हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आगोबाट छुट्याइएका महा-पवित्र भेटीहरूको भाग तिमीहरूले राख्नू। तिनीहरूले मेरा निम्ति ल्याएका महा-पवित्र भेटीहरू चाहे अन्‍नबलि होस्, अथवा पापबलि अथवा दोषबलि त्यसको भाग होस्; त्यो तँ र तेरा छोराहरूका निम्ति हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
वेदीहरूबाट पाइने वस्तुहरूमा यो सब भन्दा पवित्र वस्तु हो। मानिसहरूले अन्नबलि, पापबलि, दोषबलिहरू ल्याउँछन्। यी बलिहरू महा पवित्र बलिहरूको र नपाकिएको भागबाट तिमीले आफ्नो अंश पाउनेछौ। ती सब तिमी र तिम्रा छोराहरूको हुनेछन्।