Numbers 19:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसले चोख्‍याउने पानी लिएर तेस्रो र सातौँ दिन आफैंलाई चोख्‍याउनुपर्छ, तब त्‍यो शुद्ध हुनेछ। तर त्‍यसले तेस्रो र सातौँ, दुवै दिन आफैंलाई चोख्‍याएन भने त्‍यो शुद्ध हुनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले आफूलाई त्‍यस पानीले तेस्रो र सातौँ दिनमा चोख्‍याओस्, अनि त्‍यो शुद्ध हुनेछ। तर त्‍यसले तेस्रो र सातौँ दिनमा आफूलाई चोख्‍याएन भनेता त्‍यो शुद्ध हुँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले तेस्रो दिन र सातौँ दिनमा आफूलाई पानीले चोख्याऊन्। त्यसपछि तिनीहरू शुद्ध हुनेछन्। तर यदि तिनीहरूले आफूलाई तेस्रो र सातौँ दिनमा पानीले चोख्याएनन् भने तिनीहरू शुद्ध हुनेछैनन्।
Nepali ERV (पवित्र बाइबल)
तेस्रो दिनमा त्यो व्यक्तिले आफैंलाई त्यही पानीले शुद्ध पार्ने छ र सातौं दिनमा उ शुद्ध हुनेछ। तर यदि व्यक्तिहरू तिनीहरू आफैं तेस्रो दिनमा शुद्ध भएन भने, तब सातौं दिनमा पनि शुद्ध हुनेछैन।