Numbers 19:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यदि कोही पालमा मर्‍यो भने त्‍यस बेला पालमा हुने वा पस्‍ने मानिस सात दिन अशुद्ध रहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“कुनै मानिस पालमा मर्‍यो भने त्‍यसको बारे नियम यही हो: त्‍यस पालमा आउने र पालभित्र हुने हरेक मानिस सात दिनसम्‍म अशुद्ध हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“कुनै पनि मानिस पालभित्र मर्‍यो भने यो नियम लागू हुन्छ: त्यस पालभित्र पस्‍ने, र त्यसभित्र हुने जो कोही पनि सात दिनसम्म अशुद्ध हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
“यदि कुनै मानिस पाल भित्र मरे भने त्यसको नियम यो हो प्रत्येक जो पाल भित्र बस्ने प्रवेश गर्ने र त्यहाँ प्रत्येक नै अशुद्ध हुनेछ र तिनीहरू सात दिन सम्म अशुद्ध रहन्छन्।