Numbers 19:2 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“परमप्रभुले दिनुभएको व्यवस्थाको एउटा विधि यही हो: निष्खोट र निष्कलङ्क, कहिल्यै जुवा नपरेको एउटा रातो कोरली तिनीहरूकहाँ ल्याउनू भनी इस्राएलीहरूलाई भन। तिनीहरूले ल्याऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“याहवेहले आज्ञा दिनुभएको व्यवस्थाको नियम यही हो: जुवामा कहिल्यै ननारिएको निष्खोट अथवा दागरहित रातो कोरली तँकहाँ ल्याऊन् भनी इस्राएलीहरूलाई भन्।
Nepali ERV (पवित्र बाइबल)
“परमप्रभुले दिनु भएको आज्ञाहरूबाट बनिएको नियम यही हो। इस्राएलका मानिसहरूलाई भन कि तिनीहरूले एउटा एकदमै निष्खोट र कहीं दाग नभएको कहिले पनि नजोतिएको रातो गाई ल्याऊन। अनि त्यो गाईले कहिल्यै हलो नजोतेको हुनुपर्छ।