Numbers 2:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब पहिला दुई दल र पछिल्ला दुई दलका बीचमा लेवीहरू पवित्र पाल बोकेर हिँड्नेछन्। हरेक दल जसरी छाउनीमा बस्छ, त्यही प्रकारले आ-आफ्नो पङ्क्तिमा झन्डामुनि हिँड्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब छाउनीहरूका बीचमा लेवीहरूको छाउनीको साथसाथै भेट हुने पाल हिँड़ोस्। तिनीहरूले पाल टाँगेअनुसार आ-आफ्नो झन्डामुनि हरेक मानिस आ-आफ्नो ठाउँमा हिँड़ोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि भेट हुने पाल र लेवीहरूका छाउनी, छाउनीहरूका बीचबाट भएर जानेछन्। तिनीहरू आ-आफ्ना छाउनीमा जसरी बस्छन्, त्यही प्रकारले तिनीहरू हरेक आ-आफ्नै पङ्क्तिमा आ-आफ्नै झण्डामुनि हिँड्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
“लेवीहरूको शिविरसितै अरू शिविरहरूको माझमा भेट हुने पाल पनि जानेछ। तिनीहरूको जसरी आफ्नो आफ्नो झण्डामा शिविरहरू लगाइएको छ सोही क्रममा लश्करमा जान्छन्।