Numbers 2:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[25-31] उत्तरपट्टि, दानको दलको झन्डामुनि रहनेहरू दल-दल गरेर आ-आफ्ना अगुवाका साथमा यस प्रकारले पालमा बस्नेछन्: [कुल] — [अगुवा] — [सङ्ख्या] दान — अम्मीशद्दैको छोरो अहीएजेर — ६२,७०० आशेर — ओक्रानको छोरो पगीएल — ४१,५०० नप्ताली — एनानको छोरो अहीरा — ५३,४०० — जम्मा — १,५७,६००। सबैभन्दा पछि दानको दल हिँड्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उत्तरतिर दानको शिविरका दलहरू तिनीहरूको झन्डामुनि हुनेछन्। दानका मानिसहरूका कुलनायक अम्मीशद्दैका छोरा अहीएजेर होऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उत्तर दिशातिर: दानको छाउनीका दलहरू आफ्ना झण्डामुनि हुनेछन्। अम्मीशद्दैका छोरा अहीएजेर, दान कुलका मानिसहरूका अगुवा होस्।
Nepali ERV (पवित्र बाइबल)
“उत्तर तिर भएको दानको शिविरमा भएका मानिसहरू तिनीहरूको आफ्नो झण्डा मुनि रहनेछन् अनि तिनीहरूको अगुवा अम्मीशद्दैको छोरो अहीएजर हुन।