Numbers 20:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मैले इस्राएललाई दिन्छु भनी प्रतिज्ञा गरेको देशमा हारून पस्न पाउनेछैन। त्यो मर्नेछ किनभने मेरीबामा तिमी दुवैले मेरो आज्ञाको विरोध गर्यौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हारून आफ्ना पुर्खाहरूकहाँ गएर मिल्नेछ। तिमीहरू दुवै मेरीबाका पानीमा मेरो वचनको विरुद्धमा गएका हुनाले, मैले इस्राएलीहरूलाई दिने देशमा त्यो पस्न पाउनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हारून आफ्ना मानिसहरूकहाँ मिल्नेछ। मैले इस्राएलीहरूलाई दिने देशमा ऊ पस्नेछैन। किनकि तिमीहरू दुवैले मेरीबाको पानीमा मेरो आज्ञाको विरुद्धमा काम गरेका थियौ।
Nepali ERV (पवित्र बाइबल)
“अब हारून उसको पुर्खाहरूसित मिल्नेछ। तिमी र हारूनले मरीबाको पानीमा मैले दिएको आज्ञा पालन नगरेकोले मैले इस्राएलका मानिसहरूलाई दिन्छु भनेको भूमिमा तिमीहरू पस्न पाउने छैनौ।