Numbers 20:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँ मोशाले हारूनका पूजाहारीका पोशाक उतारेर एलाजारलाई लगाइदिए। त्‍यहीँ पर्वतमाथि हारून मरे अनि मोशा र एलाजार फर्केर तल झरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशाले हारूनका पोशाक फुकालेर तिनको छोरा एलाजारलाई लगाइदिए, र त्‍यहीँ नै पर्वतको टाकुरामा हारूनको देहान्‍त भयो। तब मोशा र एलाजार पर्वतबाट तल ओर्ले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशाले हारूनका पुजारी पोसाकहरू फुकाले। अनि ती तिनको छोरो एलाजारलाई लगाइदिए। तब त्यहीँ पर्वतको टाकुरामा हारूनको मृत्यु भयो। त्यसपछि मोशा र एलाजार पर्वतबाट तल ओर्लेर आए।
Nepali ERV (पवित्र बाइबल)
मोशाले हारूनको खास लुगाहरू फुकाइदिएर एलाजारलाई लगाई दिए। त्यसपछि हारून त्यहीं पर्वतमा मरे अनि मोशा र एलाजार पर्वतबाट तल झरे।