Numbers 21:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब इस्राएलीहरूले परमप्रभुसित यस्तो एउटा भाकल गरे, “यदि तपाईंले यी मानिसहरूमाथि हामीलाई विजय गराइदिनुभयो भने हामी तिनीहरू र तिनका सहरहरू तपाईंलाई बिनाशर्त अर्पण गर्नेछौं र तिनीहरूलाई नाश गर्नेछौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब इस्राएलीहरूले परमप्रभुमा यो भाकल गरेर भने, “यदि तपाईंले यी मानिसहरूलाई हाम्रा हातमा सुम्पिदिनुभयो भने हामी उनीहरूका सहरहरू बिलकुलै नाश गरिदिनेछौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब इस्राएलीहरूले याहवेहसँग यस्तो भाकल गरे: “यदि तपाईंले यी मानिसहरूलाई हाम्रो हातमा सुम्पिदिनुभयो भने हामी तिनीहरूका सहरहरू पूर्ण रूपले नष्ट पारिदिनेछौँ।”
Nepali ERV (पवित्र बाइबल)
तब इस्राएलका मानिसहरूले विशेष भाकल गरी परमप्रभुलाई पुकारेः “हे परमप्रभु, दया गरी हामीलाई यी मानिसहरूमाथि विजय गराई दिनुहोस् र हामी तिनीहरूको शहरहरू नष्ट पारी दिनेछौ।”