Numbers 21:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर सीहोनले आफ्‍नो देशबाट इस्राएलीहरूलाई जान दिएनन्। तिनले आफ्‍ना सेना जम्‍मा गरे र उजाड-स्‍थानसम्‍म गएर इस्राएलीहरूमाथि हमला गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर सीहोनले इस्राएलीहरूलाई आफ्‍नो सिमाना नाघेर जान दिएनन्‌। उनले आफ्‍ना सेना जम्‍मा गरे, र उजाड़-स्‍थानको यहसासम्‍म आएर इस्राएलीहरूका विरुद्धमा लड़ाइँ गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर सीहोनले आफ्नो सिमानाबाट भएर इस्राएलीहरूलाई छिरेर जान दिएनन्। तिनले आफ्नो सारा सेनालाई जम्मा गरे। अनि उजाडस्थानमा इस्राएलीहरूका विरुद्धमा मोर्चा बाँधे। जब तिनी यहस सहरमा आइपुगे, तब तिनीहरूले इस्राएलीहरूसँग युद्ध गरे।
Nepali ERV (पवित्र बाइबल)
तर सीहोनले इस्राएललाई तिनको राज्यको सिमाना भित्रबाट हिड्नु दिएनन् अनि आफ्ना मानिसहरूलाई भेला पारेर इस्राएललाई मरूभूमिमा आक्रमण गर्न आए। तिनी यहससम्म आए अनि इस्राएलीहरूसित लडाँई गरे।”