Numbers 21:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर इस्राएलीहरूले धेरै शत्रुलाई युद्धमा मारे र तिनीहरूका देश अर्नोन नदीदेखि उत्तर यब्बोकसम्म कब्जा गरे। यसरी तिनीहरू अम्मोनीहरू भएका ठाउँसम्म पुगे किनभने अम्मोनीहरूको सीमाना बलियो गरी रक्षा गरिएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर इस्राएलीहरूले उनलाई तरवारले मारे, र अर्नोन खोलादेखि यब्बोक नदीसम्म उनको देश कब्जा गरे। तर अम्मोनीहरूको सिमानासम्म मात्र तिनीहरूले कब्जा गरे, किनकि अम्मोनीहरूको सिमाना बलियो थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर इस्राएलीहरूले राजालाई तरवारले मारे। अनि अर्नोनदेखि यब्बोकसम्म तिनको देश कब्जा गरे। तैपनि अम्मोनीहरूको सिमानासम्म मात्र कब्जा गरे; किनभने अम्मोनीहरूको सिमाना बलियो किल्ला भएको थियो।
Nepali ERV (पवित्र बाइबल)
तर इस्राएलीहरूले तिनलाई तरवारको टुप्पोले घोचेर मारे अनि तिनको भूमि अर्नोन नदीदेखि यब्बोक नदी सम्म कब्जा गरे। तिनीहरूले अम्मोनीहरूको सिमानासम्म मात्र लिएर रोकिए कारण अम्मोनीहरूले आफ्नो सिमाना बलियो गरी सुरक्षा गरेका थिए।