Numbers 21:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो तिमीहरूको निम्‍ति कति डरलाग्‍दो कुरा हो! हे मोआबका बासिन्‍दाहरू हो! तिमी, कमोशका भक्तहरू नष्‍ट भएका छौ! तिम्रा देवताले तिम्रा पुरुषहरूलाई शरणार्थी हुन लाए र स्‍त्रीहरू एमोरी राजाका कैदी भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ए मोआब, तँलाई धिक्‍कार छ! ए कमोशको प्रजा, तँ नष्‍ट भइस्‌! त्‍यसले आफ्‍ना छोराहरूलाई भगुवाझैँ र आफ्‍ना छोरीहरूलाई कैदीझैँ एमोरीहरूका राजा सीहोनलाई दिएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ए मोआब, धिक्‍कार छ तँलाई! ए कमोशका मानिसहरू नष्‍ट पारिएका छौ! कमोशले आफ्ना छोराहरूलाई भगुवाझैँ, र आफ्नी छोरीहरूलाई कैदीझैँ गरेर एमोरीहरूको राजा सीहोनलाई दिएको छ।
Nepali ERV (पवित्र बाइबल)
ए मोआब तँलाई धिक्कार छ। ए कमोशका प्रजाहरू हो तिमीहरू नष्ट भयौ। यसले आफ्नो छोराहरूलाई भगौटे बनाएर र छोरीहरूलाई कैद गराएर, एमोरीहरूका राजा सीहोनलाई दिएको छ।