Numbers 21:32 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि मोशाले याजेरमाथि हमला गर्ने सबैभन्दा असल उपाय बुझ्न आफ्ना मानिसहरू पठाए। इस्राएलीहरूले त्यो सहर र त्यसका चारैतिरका सहरहरू कब्जा गरे र त्यहाँ बस्ने एमोरीहरूलाई धपाइपठाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशाले याजेरको भेद लिन मानिसहरू पठाएपछि इस्राएलीहरूले त्यसका वरिपरिका बस्तीहरू कब्जा गरेर त्यहाँका एमोरीहरूलाई धपाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशाले याजेरमा जासुस गर्न मानिसहरू पठाएपछि इस्राएलीहरूले त्यसका चारैतिरका बस्तीहरू कब्जा गरे। अनि त्यहाँ भएका एमोरीहरूलाई पनि धपाइदिए।
Nepali ERV (पवित्र बाइबल)
मोशाले याजेरको शहरमा खूपियाहरू पठाए। मोशाले यसो गरे पछि इस्राएलीहरूले त्यसका वरिपरिका शहरहरू अधीनमा ल्याए अनि एमोरीहरूलाई लखेटे।