Numbers 21:34 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मोशालाई भन्‍नुभयो, “त्‍योसित नडरा। त्‍यो, त्‍यसका सारा प्रजा र देशमाथि म तँलाई विजय दिनेछु। हेश्‍बोनमा राज गर्ने एमोरी राजा सीहोनलाई जसो गरेको थिइस्, त्‍यसलाई पनि त्‍यसै गर्‌।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले मोशालाई भन्‍नुभयो, “त्‍यससँग नडरा, किनकि त्‍यो, त्‍यसका सबै मानिसहरू र त्‍यसको देशसमेत मैले तेरो हातमा सुम्‍पेको छु। तैंले हेश्‍बोनमा राज्‍य गर्ने एमोरीहरूका राजा सीहोनलाई गरेझैँ यसलाई पनि गर्नू।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले मोशालाई भन्‍नुभयो, “त्यससँग नडरा; किनकि मैले त्यसलाई, त्यसका सबै सेनालाई र त्यसको देशसमेत तेरो हातमा सुम्पिदिएको छु। तैँले त्यसलाई हेश्बोनमा शासन गर्ने एमोरीहरूका राजा सीहोनलाई गरेजस्तै गर्नू।”
Nepali ERV (पवित्र बाइबल)
तर परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो राजासित नडराऊ, म तिमीलाई जिताउनेछु। हेशबोनमा बस्ने एमोरीहरूका राजा सीहोनलाई जुन व्यवहार गरेका थियौ ओगसित पनि त्यही गर। उसको सबै सेनाहरू र भूमि अधीनमा पार।”